अवैध छुर्पी बरामद
बाँके | असार २२, २०७९
बाँके: सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।
नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको रु दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उहाँले बताउनुभयो । बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

